तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गोरखा । गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमबार बिहान बा ८८ प ९७६२ नम्बरको मोटरसाइकल गोरखा नगरपालिका–९, ठिँगुरे स्वाँरास्थित सडकमा पल्टिँदा भीमसेन थापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका अश्राङकै १८ वर्षीय रविन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी काठमाडौँ वीर अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button