एमाले सचिवालय बैठक सुरु
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको सचिवालय बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, सरकारको गतिविधिलगायतका विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
बैठकमा लोकतन्त्र दिवस अर्थात् वैशाख ११ मा हुन लागेको युवा भेलाका तयारीका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्