सुदूरपश्चिममा नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइदै
डाेटी / डाेटी लगायत सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षको पहिलो दिन वैशाख १ गते बिसु पर्वको उल्लासपूर्ण रूपमा मनाइदैछ। सुदूरपश्चिमवासीको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व हर्षोल्लाससाथ एकअर्कालाई सिस्नो छ्याप्दै मनाउने गरिन्छ। साथै देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्वमा रमाउने गर्छन् ।
परापूर्वकालदेखि आजकाे दिन बिहानै नुवाइधुवाइ गरेर सिस्नाे पानी छ्याप्ने र बिसु लाैरा ( काँडेदार रङ्गिन लठ्ठी) एकठाउमा जम्मा गरेर बाजागाजासहित नाचेर खेल्ने गरिन्छ । आज लौरो नचाउने, बाघ–भालुजस्ता जङ्गली जनावरको अभिनय गर्ने र देउडा नाच्ने जस्ता परम्परागत सांस्कृतिक कार्यक्रमहरूले पर्वलाई अझ रङ्गीन बनाउने गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्