तपाईँ सुन्दै हुनुहुन्छः

२७ देशका कूटनैतिक प्रतिनिधिसहित परराष्ट्रमन्त्री राणा झापामा

भद्रपुर, झापा । नयाँ वर्ष २०८२ को अवसरमा छिमेकी जिल्ला इलाममा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि २७ देशका कूटनीतिक प्रतिनिधिसहित परराष्ट्रमन्त्री आरजु राणा देउवा आज झापा आइपुग्नुभएको छ ।

आज दिउँसो चन्द्रगढी विमानस्थलमा अवतरण गरी उहाँसहितको टोली बिर्तामोड आइपुगेको हो 

बिर्तामोडस्थित सिद्धार्थ होटलमा परराष्ट्रमन्त्री राणासँग नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भेटघाट गर्नुभएको छ । उहाँ आजै इलामतर्फ जाने प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री राणाको टोलीमा नेपालका लागि जापानी राजदूत माइदा टुरो, इजिप्टियन राजदूत नोहा हामदी अहमद एल्जीबेली, इजरायली राजदूत शुमिलक एरी बास, स्वीजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टे लियोन, दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ, बेलायती राजदूत रोब फेन, थाइल्याण्डका राजदूत सुवापोनी सिरिसन, अष्ट्रेलियन राजदूत लिअन जोन्सन, फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवलसहित विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधि, अन्तर्राष्ट्रिय संघ–संगठनका प्रमुखहरूलगायत विभिन्न २७ देशका ३१ जना कूटनीतिक प्रतिनिधि सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button