तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा डुबेर एक जना युवतीको मृत्यु

बाँके । बाँकेको राप्ती सोनारी ३ सिनावाजमा आज शनिबार राप्ती नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । 

माछा मार्न गएकी सिनावाज निवासी १८ बर्षिया युवती दिक्षिका चौधरीकोको राप्ती नदीमा डुबेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । 

ठग्गु थारुको १८ बर्षिया छोरी दिक्षिका गाउँकै महिलाहरूसँग माछा मार्न गएको बेला राप्ती नदीमा डुबेर मृत्यु भएको राप्ती सोनारी ३ का वडा अध्यक्ष मिन कुमार चौधरीले जानकारी दिनु भयो । 

प्रत्यक्षदर्शिहरुका अनुसार माछा मार्ने क्रममा ११ जना महिलासँगै दिक्षिका पनि पानीमा डुबेका थिए । दिक्षिका बाहेक सबैलाई सकुशल उद्धार गरिएको छ । 

युवतीको शव करिब एक घन्टा पछि इलाका प्रहरी कार्यालय धामपुरबाट गएको प्रहरी टोली र स्थानीयहरूले शव बरामद गरेका थिए । अहिले पोष्टमार्टमको लागी नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button