ठुला पार्टीको सरकार बन्दा स्थायित्व : उपप्रधानमन्त्री पौडेल
पाल्पा । नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नेपाली काङ्ग्रेस र नेकपा एमाले दुई ठुला पार्टी मिलेर सरकार बन्दा स्थायित्व भएको बताउनुभएको छ ।
आज नेपाल पत्रकार महासङ्घ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले काङ्ग्रेस र एमालेको संयुक्त सरकारले नै देशमा स्थायित्व दिने, र यो सरकार पछिसम्म जाने बताउनुभएको हो ।

मन्त्री पौडेलले राजनीति बिचार विहीनहरूले आन्दोलनको नाममा गरेको अराजक सफल नहुने बताउनुभयो । उहाँले राजावादीहरूको आन्दोलन प्रति लक्षित गर्दै त्यस्ता गतिविधिलाई सरकारले ठेगान लगाउने बताउनुभएको हो । जता काफल पाक्यो त्यतै चरी नाच्यो गर्ने विचार विहीनहरूलाई सरकारले ठेगान लगाउँछ , उहाँले भन्नुभयो ।
उहाँले प्रतिगामी तत्त्वहरू लुटपाट , तोडफोड, व्यक्ति हत्यामा लागेको र ती तत्त्वहरू हिजो भन्दा झन अलोकप्रिय हुँदै गएको धारणा राख्नुभयो ।
उहाँले गभर्नर नियुक्तिको विषयमा बाहिर आएजस्तो नकारात्मक हल्ला सत्य नरहेको बताउँदै सरकारले आम नेपाली अर्थबिदहरुले स्वागत गर्ने गरि गभर्नर नियुक्ति गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्