तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले पुलको बीच भाग भाँचियो, २ करोडको क्षति 

उदयपुर । गएराती हावाहुरी सँगै आएको वर्षाका कारण उदयपुरको कटारी नगरपालिका २ सिमानपुर स्थित अमाहा खोलामा आएको बाढीले निर्माणाधीन पुला भाँचिदिएको छ ।

चैतमै आएको बाढीले निर्माणाधीन पुलको बीच भाग भाँचिएको हो । भने वर्षा सँगै आएको बाढीका कारणले पुलको सेटिङमा प्रयोग गरिएको टेकाहरू समेत बगाई पुल भाँचिदा अन्दाजी दुई करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

सिद्धिचरण लोकमार्ग स्थित मिर्चैया–कटारी–घुर्मी सडक अन्तर्गतको अमाहा खोलामा पर्ने उक्त पुल निर्माणको जिम्मा सूर्य एण्ड सन्स प्रा.लि. धरानले गत २०७९ साल असार २९ गते ०८२ असार २९ गते भित्र सम्पन्न गर्ने गरि लिएको थियो ।  ५० मिटर लम्बाई सिङ्गल स्पान रहेको उक्त पुल ढलान गरेको २० दिनमै भाँचिएको हो । 

उक्त पुल सहित २ सय ५० मिटरको ४ वटा पुल सम्पन्न गर्ने गरी भ्याट सहित २८ करोड ९९ लाख ५२ हजारमा काम सम्पन्न गर्ने गरि सूर्य एण्ड सन्स प्रा.लि. धरानले सम्झौता कामको जिम्मा लिएर निर्माण कार्य गरिरहेको मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोले जानकारी दिए । सिमानपुर सहित ताराघारी, खोक्सा र गिद्दबर गरेर जम्मा ४ वटा पुलको काम हुँदै थियो सिमानपुरमा भने बन्दै गरेको पुल बनी नसक्दै भत्किएको हो । 

गत चैत ७ मा ढलान गरेको पुलको स्ल्याब ढलान गरेको २० दिन मै भाँचिएको हो । बीच बोर्डरमा केवल हुने हुँदा २८ दिनमा मेसिनले तानेर लक गर्नु पर्ने हुन्छ त्यसपछि मात्र लोड लिन्छ इन्जिनियर महतोले भने ’ पानी आयो टेका आफ्नो स्थानमा रहेन अनि पुल ढल्यो । “अब अहिलेको पुल हटाएर अर्को पुल बनाउनु पर्ने हुन सक्ने समेत महतोले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button