बारामा भएको आगलागीमा २० लाख भन्दा बढीको क्षति
बारा । बारामा आज बिहीबार बिहान दुई छुट्टा छुट्टै स्थानमा भएको आगलागीमा २० लाख भन्दा बढीको क्षति भएको छ ।बाराको बारागढीस्थित एक कुखुरा फर्ममा चट्याङ्ग लागि भएको आगलागीमा २० लाख भन्दा बढीको क्षति भएको अस्थायी प्रहरी चौकी लङ्गडा चौकले जनाएको छ ।

आगलागीमा परी बारागढी गाउँपालिका वडा नं. ४ सुखीपथरा बस्ने हरिन्द्र प्रसाद कामिको बास पराल र टिनले बनेको कुखुरा फर्ममा आगलागी भएको हो ।सो आगलागीमा परी कामीको २० लाख भन्दा बढीको क्षति भएको हो । अस्थायी प्रहरी पोष्ट लङ्गडा चोकमा खबर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी हवल्दार दिनेश साह कानुको कमाण्डमा टोली खटी गएको थियो।

उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान सात बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो। उक्त आगलागीबाट अन्दाजी दुई हजार तयारी कुखुरा,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी बिस लाख रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट लङ्गडाले जनाएको छ ।यसैगरी बारा करैयामाई गाउँपालिका वडा नं.८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागि आगलागी भएको छ ।

सो आगलागीमा परी घर र मिटर जली पूर्ण रुपमा जली नष्ट भएको प्रहरी चौकी गंजभवानीपुरले जानकारी दिएको छ। उक्त स्थानमा प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गएको थियो ।उक्त आगलागी बाट घर र मिटर गरी १० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्