तपाईँ सुन्दै हुनुहुन्छः

विद्यायन समिति बैठक: पानीजहाज विधेयकमा दफावार छलफल

काठमाडौँ । राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिमा छलफल  भइरहेको पानीजहाज विधेयकको आज पनि दफावार छलफल भएको छ । 

छलफलमा समितिका सांसदहरु डा. वेदुराम भुषाल, सुरेश आलेमगर, तारामान स्वारलगायतले पानी जहाज सञ्चालन अघि पानीजहाजको सर्भे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका संशोधन प्रस्तुत गर्नुभयो । 

सांसदहरुले पानीजहाज सञ्चालनका लागि बन्दरगाहको समेत सर्भे गर्ने प्रावधान राख्न संशोधन पेस गर्नुभयो । 

समितिमा पानीजहाज विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ । 

जसअन्तर्गत  पानीजहाज सञ्चालन सम्बन्धि व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धि व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबिच सहमति जुटिसकेको  समिति सभापति तुलसा कुमारी दाहालले   बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button