दार्चुलाको अपिहिमालमा शसस्त्र प्रहरीको सहयोगमा विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा विपद् व्यवस्थापनको लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ ।
अपिहिमाल गाउँपालिका, विपद् व्यवस्थापन शाखाको आयोजनामा गाउँपालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू र खोज उद्धार टोलीको लागि दुई दिने विपद् व्यवस्थापन क्षमता विकास सम्बन्धी तालिम बुधवारबाट सञ्चालन भएको भएको गाउँपालिकाको विपद् व्यवस्थापन शाखा अधिकृत पानसिंह धामीले बताउनुभयो ।

दुई दिन सम्म सञ्चालन हुने क्षमता विकास तालिममा गाउँपालिकाको विपद् व्यवस्थापन समितिका पदाधिकारी र वडा स्तरका उद्धार कर्ताका लागि कृत्रिम घटना अभ्याससहित क्षमता विकास तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
तालिममा सशस्त्र प्रहरीले कृत्रिम घटना अभ्यास सहित प्रशिक्षण गराइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्