बाजुरामा चट्याङ लागेर ९ महिने शिशुको मृत्यु

बाजुरा । बाजुरामा चट्याङ लागेर ९ महिने शिशुको मृत्यु भएको छ ।
बुधवार राति हावाहुरी सँगै परेको चट्याङ लागेर बुढीगंगा नगरपालिका वडा नम्बर-१ तल्लो कुडीका बिरु सार्कीकी ९ महिने नाबालिक छोरीको मृत्यु भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा राती ९ बजेतिर चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो । भने चट्याङ लागेर मृतक नाबालिकाकी आमा अन्दाजी २८ बर्षिया सन्जीता सार्की घाइते हुनुभएको छ ।
शरीरका विभिन्न भागमा जलेकी घाइते सन्जिताको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको र चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्