तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

भद्रपुर, झापा । आज बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे स्थायी घर भई हाल झापा गौरादह नगरपालिका–५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय गोमनाथ चेम्जोङको खेती अँधिया गरी बस्दै आएका लावतीलाई आज बिहान ७ बजे किचन कोठामा खाजा खाने क्रममा चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button