मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु७८प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी ४५ वर्षीय बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो । उहाँको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्