केपी ओली कप क्रिकेट : गण्डकी हिरोज र हिमालयनको जित
पोखरा । पोखरामा जारी केपी ओली कप टी—२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालामा भएको प्रतियोगिताको बुधबार पाँचौँ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले पराजित गरेको हो ।
आज भएको समूह ‘बि’ तर्फको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटले जित हात पारेको हो । १ सय ३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १ सय ६ रन बनाउन सफल भयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १०२ रन बनाउँदा अल आउट हुन पुग्यो ।
१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८.१ ओभरमा ११८ रनमा अलआउट भएको थियो ।
समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमिफाइनल प्रवेशका लागि बिहीबार यी दुई टिम भिड्ने छन् भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्