जुम्लामा पुग्यो पाठ्यपुस्तक
जुम्ला । नयाँ शैक्षिक शत्र सुरु नहुँदै जुम्लामा पाठ्यपुस्तक पुगेको छ । विगतका वर्षमा प्राय पाठ्यपुस्तकको अभाव हुने जुम्लामा यस वर्ष शैक्षिक शत्र सुरु नहुँदै पाठ्य पुस्तक पुगेको हो ।

विगतमा जुम्लाका विद्यार्थीले शैक्षिक शत्र सकिने बेला सम्म पनि पाठ्यपुस्तक समयमै पाउँदैन थिए । तर, पछिल्लो दुई वर्ष यता जुम्लामा शैक्षिक शत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने गरेको छ ।
जुम्लामा यश वर्ष समयमै पाठ्यपुस्तक पुगेपछि विद्यार्थी उत्साहित भएका छन् । विगतमा किताब ल्याउन ढिलासुस्ती गर्ने पुस्तक व्यवसायीहरूले तदारुकता देखाएपछि जुम्लामा दुई वर्षयता समयमै पाठ्यपुस्तक पुगेको छ ।
देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ ।
जुम्लामा १४५ वटा सामुदायिक विद्यालय रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्