सशस्त्र प्रहरीद्वारा ८ लाख बढी मूल्यका तस्करीको सामान भन्सार दाखिला

बीरगंज । सशस्त्र प्रहरी बल, पर्साले भारतबाट अवैध रूपमा ल्याइएका झन्डै ८ लाख ७ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइरहेका विभिन्न सार्वजनिक सवारी साधनहरूमा भन्सार छली गरेर लुकाई छिपाई लोड गरिएको सामानलाई नियन्त्रणमा लिएको हो ।
टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न नाकामा चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा सशस्त्रले किराना, कपडा, स्पोर्टस् जुत्ता र मोटरसाइकलसहितको सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल, पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
६ लाख ६४ हजार ३४५ रुपैयाँ बराबरको किराना, कपडा, स्पोर्टस् सुज र ना ३७ प ६३७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई, वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सिंहले बताउनुभयो ।
यस्तै अमरपट्टी नाका, सिर्सिया र ड्राइपोर्ट नाकाबाट थप १ लाख ४३ हजार रुपैयाँ बराबरका सामानसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सबै सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्