कैलालीमा हाइसले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
टीकापुर,कैलाली । कैलालीमा हाइसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जानकी गाउँपालिका वडा नम्बर ५ अमौरीमा बिहान ५ बजेतिर हाइसले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा ४४ वर्षिया किहरु बडूवालको मृत्यु भएको छ ।
टीकापुरबाट लम्की तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज.१५९८ नम्बरको हाइसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा मृतकका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल भन्ने महारुप बडूवाल गम्भीर घाइते भएका छन् ।
उनको टाउकोमा गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक नवीन राजा बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्