मौरीले टोकेर एक जनाको मृत्यु
पाल्पा । पाल्पामा खाग मौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खाग मौरीले टोकेर मृत्यु भएको हो ।
कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खाग मौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो । खाग मौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विश्वकर्माले आर्य भञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका थिए । उनी खाना खान घर जाने क्रममा बाटोमा खाग मौरीको समूहले टोकेको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्