पूर्वी रुकुममा संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु
रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ छिप्रिदह, रुकुमकोटमा संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु भएको छ।

“समृद्ध रुकुम पूर्वको आधार, कला संस्कृतिको पहिचान” भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१र०८२ को उद्घाटन जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसीले गर्नुभयो।
महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको आयोजना अठाले ग्रुप प्रालि रुकुम पूर्वले गरेको हो। जिल्लाको व्यापार प्रवर्द्धन, मौलिक कला–संस्कृति संरक्षण र स्थानीय उत्पादनको प्रचारप्रसारका लागि महोत्सवले योगदान दिने आयोजकको भनाइ छ।

महोत्सवमा करिब सय वटा व्यापारिक स्टल राखिएका छन्।
राष्ट्रियस्तरका चर्चित कलाकारहरूसँगै स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्