काँग्रेसभित्र समीक्षा जरुरी : नेता कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामनासहित कांग्रेस नेता ‘भीमबहादुर श्रेष्ठको जीवन सङ्घर्ष र अनुभूतिहरू’ पुस्तक विमोचन तथा भित्ते पात्रो लोकार्पण गर्दै उहाँले काँग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताउनुभयो ।
अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्नसकेमा मात्र सरकारमा भएको अनुभूति हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, गोविन्द भट्टराई, टेकप्रसाद गुरुङ, दिनेश कोइराला लगायतले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा, नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनालले भीमबहादुर श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्