प्लानिङ ब्वाइज युनाइटेडको विजयी यात्रा कायम
काठमाडौँ । लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आफ्नो विजयी यात्रालाई पाँचौँ खेलसम्म पनि कायम राखेको छ ।
प्लानिङ ब्वाइजले मङ्गलवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सरस्वती युथ क्लबविरुद्ध ३–० गोलको सहज जित दर्ता गर्यो ।
जितसँगै प्लानिङ ब्वाइजले पाँच खेलमा १५ अंक जोडेको छ । लगातार तेस्रो पराजय बेहोरेको सरस्वती समान खेलबाट ६ अङ्कका साथ आठौँ स्थानमा छ । प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डङ्गोल, सरोज कार्की र फागुराम थारुले गोल गरे ।
प्रतिक्रिया राख्नुहोस्