तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा गोपाल नीना फाउण्डेशनको निःशुल्क स्वास्थ्य शिविर, ५०० बढी लाभान्वित

बाँके। गोपाल नीना फाउण्डेशनले नरैनापुरमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित शिविरमा विपन्न परिवारका ५३२ जनाभन्दा बढी सदस्यले निःशुल्क स्वास्थ्य सेवा र परामर्श लिएका छन्।

अस्पतालसम्म पहुँच नपुगेका बिरामीलाई लक्षित गरी सञ्चालित शिविरमा फाउण्डेशनका आधा दर्जन चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा सबै प्रकारका रोगको जाँचका साथै ५९ प्रकारका निःशुल्क औषधि वितरण गरिएको फाउण्डेशनका प्रबन्ध निर्देशक दिलिप गिरिले जानकारी दिए।

फाउण्डेशनकी सहनिर्देशक डा. तृप्ती पाल रमणले शिविरको महत्वबारे प्रकाश पारेकी थिइन्। शिविरमा डा. गौरव श्रेष्ठ, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव र डा. हिमांशु कर्माचार्यले बिरामीको स्वास्थ्य जाँच गरेका थिए।

गोपाल नीना फाउन्डेसनले नरैनापुर गाउँपालिका, अन्नपूर्ण ग्यास्ट्रो हस्पिटल, संजिवनी मेडिकल कलेज अफ मेडिकल साइन्स, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफे, नेपालगन्ज लार्ज र अन्नपूर्ण ग्यास्ट्रोसँगको सहकार्यमा शिविर आयोजना गरेको थियो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले एक कार्यक्रमबीच शिविरको उद्घाटन गरेका थिए। कार्यक्रममा संयोजक दिलिप गिरि, गाउँपालिका अध्यक्ष शाह, स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह, नविन बुढाथोकी र नेपाल औषधि बिक्रि प्रतिनिधि संघ नेपालगन्जका डिआर पाण्डे लगायत स्थानीय स्वास्थ्यकर्मीको सहभागिता थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button