तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभामा सम्बोधन गर्नुहुने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्ने हुनुभएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११:३० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएकाे प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयाे।

प्रदेशसभा सचिवालयले प्रधानमन्त्री ओलीको सम्बोधनको तयारी पुरा भएको जनाएको छ। सम्बोधनकाे लागि सभाहललाई आकर्षक बनाइएको छ । प्रधानमन्त्रीको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ। प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाले सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध पूरा भएको जानकारी दिनुभयाे

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री ओली आज दिनभर मधेशप्रदेशका विभिन्न कार्यक्रमहरुमा व्यस्थ रहनुहुने प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका आजका मुख्य कार्यक्रमहरू

११:३० बजे – मधेस प्रदेशसभामा सम्बोधन, जनकपुर

१३:३० बजे – शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण, सिरहा सदरमुकाम

१३:४० बजे – सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आमसभालाई सम्बोधन, सिरहा सदरमुकाम

    प्रतिक्रिया राख्नुहोस्

    Back to top button