तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा चैत २९ देखि राष्ट्रपति रनिङ शिल्ड हुँदै

चितवन । चितवनमा चैत २९ देखि १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २९ र ३० गरी दुई दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन २९ गते बिहान ९ बजे भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले गर्ने समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार प्रतियोगिताको खेलहरू भरतपुर कभर्डहल र बिशालचोक स्थित विरेन्द्र बहुमुखी क्याम्पसमा डिग्री कलेज मैदानमा हुनेछ । दुई दिन चल्ने प्रतियोगितामा चितवनका ४ पालिकाबाट पाँच सय खेलाडीहरू सहभागी हुनेछन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाबाट खेलाडीहरू सहभागी हुनेछन् ।

उनीहरूले एथ्लेटिक्स, कराँते, तेक्वान्दो, कबड्डी, र भलिबलमा प्रतिस्पर्धा गर्नेछन् ।  चितवनका तीन पालिका भने यस पटक सहभागी छैनन् । कालिका, राप्ती र खैरहनी नगरपालिकाले भने सहभागिता जनाएको छैन ।

समितिका अध्यक्ष कार्कीले ती पालिकालाई बारम्बार जानकारी गराउँदा पनि सहभागिता नजनाएको बताउनु यो  । यसले ती पालिकाका क्षमतावान् खेलाडीहरू खेल्नबाट वञ्चित भएको कार्कीले बताउनु भयो । यो खेलाडीका लागि दुःखद पक्ष भएको उनको भनाइ छ । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button