तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका स्वास्थ्यका कर्मचारीहरू धर्नामा 

oplus_2

जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ बाट आफूहरू पीडित बनेको भन्दै ऐन संशोधनको माग स्वास्थ्यकर्मीहरुले आजदेखि जनकपुरधाममा धर्नामा बसेका छन् ।  

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको मूल प्रवेशद्वार भन्दा केही मिटरको दूरी रेल्वे लिक भन्दा दक्षिणको मूल सडकमा नै मधेश प्रदेश भरिका सिनियर अहेव र सिनियर अनमी चौथो र पाँचौँ सङ्घर्ष समितिको आयोजनामा अनिश्चितकालिन धर्ना सुर गरेको सङ्घर्ष समितिका संयोजक मोहन साहले जानकारी दिनु भएको हो । 

मधेश प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत रहेका १ हजार ५ सय देखि १ हजार ८ सय स्वास्थ्यका सेवा कर्मचारी प्रदेश सरकारले ल्याएको ऐनबाट पीडित भएको बताउँदै पटक पटक ऐन संशोधनका लागि आग्रह गर्दा पनि ध्यान नदिएपछि बाध्य भएर आज देखि धर्नामा बस्नु परेको संयोजक साहले जानकारी दिनु भयो । 

oplus_2

संघीय स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ को ख बमोजिम पनि ४ तहमा भर्ना भएका स्वास्थ्यका कर्मचारीहरूले ५ वर्षमा पाँचौँ र त्यसको ८ वर्षमा छैटौँ र ५ तहमा भर्ना भएकालाई ७ तहसम्म पदोन्नति हुने व्यवस्था भएपनि त्यस विपरीत प्रदेश सरकारले ऐन ल्याएकाले आफूहरूको वृत्ति विकासमा ठूलो असर परेकाले पटक पटक आन्दोलन गर्नु परेको सङ्घर्ष समितिका कोषाध्यक्ष रामदेव कापरले जानकारी दिनु भयो । 

आफूहरूले यस विषयमा स्थानीय तह, प्रदेश सरकारलाई पटक पटक ज्ञापनपत्र दिएर जानकारी गराउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आज देखि आफूहरूको अभिभावक समेत रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी चर्को घाम र गर्मीमा धर्ना दिनका लागि विवश भएको आन्दोलनरत स्वास्थ्यका कर्मचारीहरूले जनाएका छन् । उनीहरूले यस अघि प्रदेश सभा अगाडी पनि धर्ना तथा विरोध प्रदर्शन गर्दै आएका थिए । 

नेपाल सरकार तथा प्रदेश सरकारको स्वास्थ्यका सेवाहरू आम जनताको घर दैलोमा दिँदै आएको स्वास्थ्यका कर्मचारीहरूको मागको सम्बोधन गर्नका लागि मधेश प्रदेशले गृह, सञ्चार तथा कानूनमन्त्रीको संयोजकत्वमा गठन गरेको मन्त्रीहरू सम्मिलित समितिले प्रतिवेदन दिइसकेको छ ।

उता आन्दोलनरत कर्मचारीहरूले आफूहरूको मागको सम्बोधन नभएसम्म अनिश्चित कालिन धर्ना कार्यक्रम जारी नै रहने जानकारी दिएका छन् ।  भोली प्रधानमन्त्रीको जनकपुरधाममा आगमन भएकाले आफूहरू सडकमा नबसेर बाह्र बिघामा धर्नालाई निरन्तरता दिने जनाएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button