पार्टी एकताका लागि जनमत र नागरिक उन्मुक्तिद्धारा विधान प्रतिस्थापन समिति गठन
बाँके । जनमत र नागरिक उन्मुक्ति (नाउपा) पार्टी एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् ।
जनमत र नाउपाबाट ३र३ जना हुने गरी प्रतिस्थापन समिति बनाइएको छ । जनमतबाट संयोजक कमल चुडाल हुने गरी शैलेन्द्र अम्बेडकर र अरविन्दकुमार सिंह सदस्य तोकिएको छ ।
नाउपाबाट संयोजक दामोदर पण्डित, सरोज बुढाथोकी र गीता चौधरी रहेको सदस्य बनेका छन् । कार्यदलले दुई दलको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान तयार गर्ने भएको छ । दुई दलबाट ५०/५० प्रतिशत सङ्ख्या हुने गरी केन्द्रीय समिति बनाउने मोटामोटी सहमति जुटिसकेको जनमतका उपाध्यक्ष अब्दुल खानले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्