असहाय बालबालिका पढ्ने आवास सहितको भवन शिलान्यास
नवलपरासी । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले शिक्षा बाट वञ्चित असहाय बालबालिका पठनपाठन गर्ने गरी आवास सहितको भवन निर्माण गर्ने भएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख बिमला अर्यालले लुम्बिनी माध्यमिक विद्यालय सुनवल १ मा भवनको शिलान्यास गर्नु भएको हो ।
नगरका विशेष महत्वका १० योजना अन्तर्गत नगर भित्रका कोही नहुने केही नहुने पूर्ण रुपमा असहाय बालबालिकाहरूको पालन पोषणदेखि माध्यमिक तहसम्मको शिक्षा समेतको जिम्मा स्थानीय सरकारले लिने गरि बहुबर्षिय योजना अन्तर्गत भवन निर्माण गर्न लागिएको नगरप्रमुख अर्यालले बताउनु भयो ।
भवन निर्माणका लागि सङ्घीय सरकारको करिब ५ करोडको लागतमा सम्पुर्ण पूर्वाधार तयार गर्ने गरि चालु आ.व मा रु.१ करोड बजेट सुनिश्चित भई काम सुरु भएको हो । भवन बहुबर्षिय योजना अन्तर्गत रहेको छ ।
नगरपालिकाले आवास सहित पठन पाठनको जिम्मेवारी लिनेछ भने छिमेकी नगर र जिल्लाहरूले पनि नगर र विद्यालयसँग सम्झौता गरि न्यूनतम शुल्कमा यो सेवा लिन पाउनेछन् ।
लागत साझेदारी अन्तर्गत सङ्घीय सरकारको विशेष अनुदान र नगरपालिकाको रु ५०/५० गरि तत्काललाई एक करोड बजेटले काम अघि बढाइने नगरपालिकाले जनाएको छ ।
सतिश गुप्ता एण्ड द कम्पनी परासीले ८३ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ । प्राप्त गरि यही आ।व को असार मसान्त सम्म ५० प्रतिशत सम्पन्न हुने र पुस मसान्तमा यस पटकको ठेक्का सकिने र आगामी वर्ष पुन ठेक्का प्रक्रिया गरि निर्माण लाई निरन्तरता दिने सुनवल नगरप्रमुख बिमला अर्यालले बताउनुभयो ।
उहाँले सुनवल नगर क्षेत्र भित्रका असहाय र बेसाहारा बालबालिकाहरूको पढाई लालन पालन, पोसाक लगाएतको जिम्मा सुनवल नगरपालिकाले लिने र अन्य पालिका बाट भर्ना हुन आउने लाई सशुल्क भर्ना गरिने उल्लेख गर्नुभयो ।
यो देशकै पहिलो बालमैत्री नगरपालिका हो र बाल अधिकारका सवालमा संवेदनशील पालिका पनि हो ,सबैका लागि सबै छन् तर असहाय बालबालिकाहरू अझै पनि शिक्षाबाट वञ्चित छन् यही कुरा मनमा लागेर नै हामीले यो योजना ल्याएका हौंूनगरप्रमुख अर्यालले भन्नू भयो ।सम्भवतः त्यस्तो प्रकृतिको अवधारणा ल्याउने पालिका नेपालकै पहिलो पालिका भएको अर्यालको भनाई छ ।
सुनवल नगरपालिकाले यस अघि पनि विशेषतः छुट्टै विद्यालयबाट गृहणि र बिचमै पढाइ छाडेका महिलाहरू पढ्ने व्यवस्था मिलाएको छ । पछिल्लो समय सामाजिक सेवा अन्तर्गतका कामहरूमा सुनवल नगरपालिका फरक अभ्यास सहित अघि बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्