मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले रामनवमी र चैते दसैँको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।
चैते दशैँ र रामनवमीको अवसरमा आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्रेता युगमा जन्मेका रामलाई प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपरायणको आदर्श चरित्र मान्दै आएको उल्लेख गर्नुभएको छ ।
शुभकामना शन्देशमा प्रधानमन्त्री ओलीले प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरेको र लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिएको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्