तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर मेयर कप महिला फुटबलको उपाधि कनकाई झापालाई

भोजपुर । भोजपुर सदरमुकाममा जारी सातौं संस्करणको मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई झापाले जितेको छ । प्रतिस्पर्धामा रहेको भोजपुर नगरपालिका १० लाई २–१ गोलले हराउँदै झापाले उपाधि हासिल गरेको हो ।  

कनकाइका लागि जर्सी नम्बर ७ का मनिता तुमरुक र जर्सी नम्बर ६ का वर्षा मगरबाट एक–एक गोल भएको थियो । भोजपुरका लागि जर्सी नम्बर १० का शाहरा लिम्बुले एक गोल गरिन् । 

विजेता तथा उपविजेताले क्रमशः नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र ५१ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै विधागततर्फ पनि खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।  

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा गत चैत्र २० गतेबाट सुरु भएको प्रतियोगितामा धनकुटा नगरपालिका, भोजपुर नगरपालिका–१०, भैसिपंखा, खाँदबारी नगरपालिका, कनकाई, झापा, टेम्केमैयुङ गाउँपालिका र मोर्डन इरा विराटनगर सहभागी थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button