मधेश प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनको तयारी हुँदै
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सभाको बैठकलाई चैत्र २६ गते सम्बोधन गर्ने पक्का भएपछि मधेश प्रदेश सभामा यसको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्रीले चैत्र २६ गते सम्बोधन गर्ने निश्चित भएको मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

मधेश प्रदेश सभाको सरसफाई, मर्मत तथा थप सौन्दर्यीकरणको काम शुरु भएको छ । प्रदेश सभा सचिवालयका सचिव बासु कोइराला तथा उपसचिव विपिन कुमार ठाकुरको अगुवाइमा प्रदेश सभालाई नयाँ तरिकाले सजाउने काम शुरु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्