‘क्षेत्रीय सहकार्य अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँगको संवाद महत्त्वपूर्ण’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवाद महत्वपूर्ण हुने बताउनुभएको छ ।

बिम्स्टेक शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको संवादपछि सामाजिक सञ्जालमा धारणा राख्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र भारतका विभिन्न पक्षमा छलफल गरिएको जनाउनुभएको छ ।
“मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री Narendra Modi जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।”
प्रतिक्रिया राख्नुहोस्