थारुको शालिक प्रचण्डद्वारा अनावरण

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके र बर्दियाका शहिद परिवार र बेपत्ता पारिएका नागरिकका परिवारसँग भेट गर्नु भएको छ ।
बर्दिया पुग्नु भएका प्रचण्डले जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका कृष्ण प्रसाद थारुको शालिक अनावरण गर्नुका साथै उहाँको छोरी जानकी चौधरी अर्चनाको परिवारसँग भेट गर्नु भएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रदेश सम्मेलन उद्घाटनका लागि बुधबार बाँके पुगेका दाहाल आज बिहान बर्दिया पुग्नु भएको छ।

प्रचण्डसहितका नेताले आज बिहान मर्निङवाकसँगै बडैया तालको अवलोकन गर्नु भएको छ । त्यसक्रममा प्रचण्डले बडैया तालको संरक्षण, सम्बद्र्धन र विकासमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
दाहाल आज शुक्रबार बिहान जनयुद्धमा तत्कालीन राज्य पक्षबाट बेपत्ता पारिएका शिवचरण थारूको घर बर्दियाको जगतियामा पुग्नु भएको हो । दाहालसहितको टोलीले बेपत्ता थारूको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा ९नास्ता०को रूपमा कमलको फूलको पातमा थारहरूको परिकार ढिग्री खानु भएको छ ।
यसअघि दाहाल हिजो बाँकेको कोहलपुरदेखि बैजनाथसम्म मर्निङवाक गर्ने क्रममा शहीद परिवार, घाइते, अपाङ्ग, स्थानीय नेता, कार्यकर्तासँग भेट गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्