तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र प्रतिपक्षबीच सहमति नजुट्दा बागमती प्रदेश सभा बैठक स्थगित

मकवानपुर । सरकार र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा मङ्गलवार बस्ने भनिएको बागमती प्रदेश सभा बैठक स्थगित गरिएको छ।

मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति नजुटेका कारण बस्न नसकेको हो। प्रतिपक्षले विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएको थियो।

बैठक बिना अवरोध सञ्चालन गर्न सभामुख भुवनकुमार पाठकले मङ्गलवार बिहान ८ बजे सर्वदलीय बैठक बोलाएका थिए। तर, लामो छलफलपछि पनि सहमति जुट्न नसकेपछि बैठक बुधबार दिउँसो १ बजेका लागि सारिएको छ।

यसबीच, बागमती प्रदेशका सहकारी मन्त्री मदु श्रेष्ठका स्वकीय सचिवको आत्महत्या प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित माओवादी केन्द्रले दबाब दिँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button