तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट

काठमाडौँ । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन ‘क्रिकेट स्टेडियम’ को सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गर्नुभएको छ । 

सहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै उहाँले आगामी दिनमा दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न आठ घण्टाका दरले अहिले तिन सिफ्टमा काम पनि भइरहेको छ ।

उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्नेगरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुपर्नेमा जोड दिनुभएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्नेगरी काम भइरहेको र अब नियमित रूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताउनुभयो । “आजदेखि मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “निर्धारित समयमै काम सक्नका लागि उहाँको चासो छ ।” 

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गर्नुभएको थियो । आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्नेगरी मन्त्रालयले काम गरिरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button