तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा राजा फर्कने कुनै सम्भावना छैन: अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अग्रगमन र संवृद्धि नचाहने केही प्रतिगामी तत्त्वहरूले मुलुकलाई एकाधिकार तथा वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सार्वभौम नेपाली जनता  अधिकार सम्पन्न भइसकेको अवस्थामा नेपाली जनताले  कुनै पनि वंशवाद र एकाधिकारवाद स्वीकार्य गर्न नसक्ने प्रष्ट पार्नुभयो । उहाँले संसारमै दास युग र सामन्ती युगको अन्त भइसकेको अवस्थामा नेपालमा  राजा फर्कने सम्भावना नभएको प्रष्ट पार्नुभयो ।  

अध्यक्ष नेपालले आन्दोलनका नाममा  विध्वंस मच्चाउने  आपराधिक तत्त्वलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।  आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र मान्छेको हत्या गर्ने जो कोहीलाई पनि सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उहाँको भनाई थियो । 

अहिलेको अवस्थामा गणतन्त्र रक्षाका लागि परिवर्तनकारी शक्तिहरू समेत एक भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकमा परिवर्तन, विकास, संवृद्धि र अग्रगमन नचाहने केही प्रतिगामी तत्त्व सक्रिय भइरहेको अवस्थामा गणतन्त्रको रक्षाका लागि राजनीतिक शक्तिहरू एक हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button