भोजपुर मेयर कप महिला फुटबलमा छ टिमले सहभागिता जनाउँदै
भोजपुर । प्रत्येक बर्ष भोजपुर सदरमुकाममा सञ्चालन हुने खुला मेयर कप महिला फुटबल प्रतियोगिता अन्तर्गत सातौं संस्करणको खेलमा छ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा चैत्र २० गते देखि २३ गतेसम्म महिला मेयर कप फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा छ वटा टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने फुटबल प्रतियोगितामा धनकुटा नगरपालिका, भोजपुर नगरपालिका–१०, भैसिपंखा, खाँदवारी नगरपालिका, कनकाई, झापा, टेम्केमैयुङ गाउँपालिका र मोर्डन इरा विराटनगरले सहभागिता जनाउने फुटबल संघका अध्यक्ष सुवाल बताउनुभयो ।
प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ र उपविजेता टिमले नगद ५१ हजार पाँच सय ५५ पाउने छन् भने व्यक्तिगत विधा तर्फका पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गत वर्षको छैटौँ संस्करणमा पनि छ वटा टिमले सहभागिता जनाएका थिए भने सप्तरीको नवोबुद्ध युथ क्लब विजेता भएको थियो भने इलामको ओएसिस क्लब उपविजेता बनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्