प्रतिनिधिसभा बैठक: सूचना टाँसेर बैठक स्थगित भएको जानकारी
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक दोस्रो पटक सूचना टाँसेर ४ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भए पनि प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएपछि स्थगित गरिएको थियो ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक दोस्रो पटक पनि सुरु हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
सदन सुचारु गर्ने विषयमा सभामुख घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म संसद्को बैठक चल्न नदिने अडान लिँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्