प्रधानमन्त्रीले बोलाउनुभयो गणतन्त्र पक्षधरको बैठक
काठमाडौँ I प्रधानमन्त्री केपी शर्मा ओलीले आज गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साझ ७ बजे सिंहदरबारमा बैठक बस्ने छ । राजावादीहरूले १५ गते गरेको हिंसात्मक प्रदर्शन र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।
प्रतिक्रिया राख्नुहोस्