तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको हिरक महोत्सव: शास्त्रीय संगीत सम्मेलनको आयोजना

काठमाण्डौ । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७५ औं वार्षिक उत्सव, हिरक महोत्सवका अवसरमा आज शास्त्रीय संगीतको आयोजना गरिएको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आयोजित शास्त्रीय संगीतमा विभिन्न विद्याका २४ जना कलाकार र श्रष्टाहरु सहभागी हुनुहुन्छ ।
सम्मेलनमा शास्त्रीय गायनतर्फ लावोनी चक्रवर्ती, मनमोहन थपलिया र सलिना बिक, शास्त्रीय बाद्य बादनतर्फ परशुराम भण्डारी र सन्तोष भक्त श्रेष्ठ, शास्त्रीय ताल बादनतर्फ समिर डे, शास्त्रीय बादनतर्फ डाक्टर ध्रुबेशचन्द्र रेग्मी र सुरेशराज बज्राचार्यको समूह सहभागी रहेका छन् ।


सम्मेलनमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपालले गीत संगीतको लामो विरासत बोकेको र यसको संरक्षण तथा प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउदै आएको बताउनुभयो ।
उहाँले, रेडियो नेपाल र नेपाल टेलिभिजन रुपान्तरण भएर सार्वजनिक सेवा प्रसारण भएपछि अब गीत संगीतकोे प्रबद्र्धनमा समेत थप ध्यान दिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button