केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता चैत २३ देखि
काठमाडौँ । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्(राखेप) का उपाध्यक्ष ध्रुब आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र उपविजेताले ५ लाख रुपियाँ पुरस्कार पाउनेछ ।
प्रतिक्रिया राख्नुहोस्