तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार हत्याको विरोधमा विरोध जनकपुरधाममा प्रदर्शन 

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हत्याको विरोधमा आज जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जली सभा गरेको छ । 

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई प्रेसको लुगा तथा क्यामरा बोकिएको अवस्थामा जिउँदै जलाएर हत्या गरेको विरोधमा महासङ्घले र्‍यालीसहित श्रद्धाञ्जली सभा गरेको हो । 

महासङ्घको अगुवाइमा निस्केको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै सभामा परिणत भएको थियो । 

oplus_2

ब्यानर, प्लेकार्डसहित निस्केको विरोध र्‍यालीमा पत्रकार रजकलाई हत्या गर्ने माथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर पत्रकार संस्था माथिको आक्रमण बन्द गर जस्ता विषयमा लगाइएको थियो  । 

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्यारालाई कारबाही नभए कडा आन्दोलनमा जाने बताउनुभयो । 

oplus_2

महासङ्घले विगतमा भएको प्रजातान्त्रिक आन्दोलनको क्रममा पनि पत्रकारलाई जिउँदै जलाउने काम नभएको भन्दै धनुषाका पत्रकारहरूले यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button