इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
इटहरी । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरूको उद्धार गरेको छ । आगो निभाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्