तपाईँ सुन्दै हुनुहुन्छः

‘तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिन्छ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको छ । 

आज काठमाडौँमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्नुहुँदै उहाँले औद्योगिक क्षेत्रको सुधार तथा विकास मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । 

उहाँले आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्रको रूपमा अपार सम्भावना बोकेको उद्योग र व्यवसाय क्षेत्रको विकास बिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने धारणा व्यक्त गर्दै समग्र औद्योगिक क्षेत्रको प्रवर्द्धन तथा नीतिगत सुधार मार्फत “समृद्ध नेपाल: सुखी नेपाली” को राष्ट्रिय आंकाक्षा पुरा गर्ने दिशामा सरकारले लागिपरेको बताउनुभयो ।

सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि “मेक ईन नेपाल” अभियान सञ्चालन गर्ने दिशामा ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०८१’ जारी गरी कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो । स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोग लाई अनिवार्य गर्ने कुरामा मन्त्री भण्डारीले जोड दिएको बताउनुभयो । 

यस वर्ष नेपाल सरकारले लगानीको वातावरण सुधार र औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न जारी भएका अध्यादेश लगायतका कानुनी र नीतिगत व्यवस्था मार्फत औद्योगिक वातावरणलाई सहजीकरण गरेको मन्त्री भण्डारीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button