तपाईँ सुन्दै हुनुहुन्छः

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाउनुभएको छ । 

सांसदहरुले महायज्ञको नाममा भएको जातीय विभेदको घटनाको छानविन गर्न आयोग गठन गर्न माग गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले देशका विभिन्न भागमा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न, देशका विभिन्न भागमा हत्या र हिंसाका घटना भइरहेको भन्दै त्यसको अन्त्यका लागि प्रभावकारी सुरक्षाको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button