तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट १२ लाख भन्दा बढीको क्षति 

सप्तरी । सप्तरीको राजविराज नगरपालिका ६ स्थित खर्साल टोलमा सोमबार बेलुका आगलागी भएको  छ ।  स्थानीय दुवी लाल यादवको घर तथा  नजिकै रहेको सुरेश शर्माको फर्निचरमा आगलागी भएको हो । 

आगलागीमा यादवको १ घर तथा शर्मा घरभित्र रहेको फर्निचरका सरसमान जलेर १२ लाखभन्दा बढी क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । 

विधुत सर्ट भई  सिरहा रोडको छेउमा रहेको यादवको घरबाट सुरु भएको  आगलागी  छेउमा रहेको  शर्माको घरमा रहेको फर्निचर, फर्निचरको मेसिन लताकपड़ा काठ लगायतका सामान पूर्ण रूपले जलेर नष्ट भएको प्रहरी जनाएको छ । 

आगलागीबाट शर्माको फर्निचर बनाउने मेसिन, औजार, तयारी फर्निचरका सामान, काठपात पूर्ण रुपमा जली ४ लाख १५ हजार बराबरको क्षति भएको छ । यसैगरी यादव लत्ताकपडा, अन्नपात, भाँडाकुँडा,काठ फर्निचर, नगद ५० हजार सुन ८ आना चाँदी ४० तोलासहितका गरगहना गरि ८ लाख २१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

आगलागी राजविराज नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको वारुणयन्त्र, नेपाल तथा सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button