तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो सूर्य तारा खेल महोत्सवको उपाधि गन्ने एप्सी पोखरालाई

पोखरा । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्य तारा क्लब खेल महोत्सव अन्तरगतको फुटबल प्रतियोगिताको उपाधि पोखराको गन्नि एप्सी फुटबल क्लबले जितेको छ ।

सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घ गण्डकीको संयुक्त आयोजनामा कास्कीको पोखरा महानगरपालिका–२९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा शनिवार भएको फाइनल खेलमा गन्नी एप्सी फुटबल क्लबले आयोजक सूर्य तारा नेकोसलाई ३–० ले पराजित गरेको हो ।

विजेता समूहले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता समूहले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे

प्रतियोगिता फागुन २४ गतेदेखि सुरु भएको थियो । 

समापन कार्यक्रममा बोल्दै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले खेल क्षेत्रबाट पर्यटनको विकास गर्न महत्वपूर्ण योगदान रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button