तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण गरिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘नन्दिनी शोक महाकाव्य’, ‘नन्दादेवी स्मृति ग्रन्थ’, ‘नन्दा शोक खण्डकाव्य’ र ‘सेती गजल खण्डकाव्य’ विमोचन गरिएका हुन् ।

त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले स्रष्टा सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान’ प्रदान गर्नुभयो । 

कार्यक्रममा सुवेदीद्वारा रचित ‘नन्दा शोक खण्डकाव्य र सेती गजल खण्डकाव्य समेटिएका श्रव्य सामग्रीसमेत विमोचन गरियो । वरिष्ठ साहित्यकार सुवेदी अनेसासका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

कार्यक्रममा कुलपति राईले साहित्यकार सुवेदीका रचनाले नेपाली भाषा र वाङ्मयलाई अन्तरराष्ट्रियजगत्मा पु¥याउन योगदान गरेको धारणा राख्नुभयो । उहाँले साहित्यको अध्ययन र लेखनले शोकलाई सिर्जनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सुवेदीका कृतिबाट उदाहरण प्रस्तुत भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जवलाल सापकोटाले अन्तरराष्ट्रियस्तरमा नेपाली वाङ्मयलाई विकास गर्दै नेपाली भाषाको श्रीवृद्धिमा पु¥याएको योगदान महत्त्वपूर्ण रहेको र उहाँ ‘साहित्यिक दोभान’ भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले विशाल भावना बोकेको सङ्क्षिप्त साहित्यिक विधा कवितालाई साधना र शब्दको खेलका रूपमा चित्रित गर्नुभयो । उहाँहरूले सुवेदीका कृतिमा आख्यानभन्दा अनुभूति प्रधान रहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button