तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप क्रिकेट : बाग्मतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य

रुपन्देही । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ । 

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले आशुतोष घिरैया र शुभ कंसकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनायो । घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै कंसकारले ६८ बलको सामना गर्दै पाँच चौका र चार छक्काको मद्दतमा ७७ रन बनाए ।  

यसैगरी, ईशान पाण्डेले ३६, पृथु बास्कोटाले १५ तथा प्रतिस जिसीले १५ रनको योगदान दिए । 

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई दुई तथा नारायण जोशी र राहुल भण्डारीले एक एक विकेट लिए । अहिले सुदूरपश्चिमले बाग्मतीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button