पाँचथर गोल्डकप : मच्छिन्द्र फुटबल क्लब फाइनलमा

पाँचथर । पाँचथरको फिदिममा भइरहेको पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा इन्ट्रा पथरीलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।
बुधवार फिदिम माविको खेल मैदानमा सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँले इन्ट्रा पथरी ११ मोरङ लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

मच्छिन्द्रका लागि विशाल घलान, स्टेफेन जमाजालि र नवयुग श्रेष्ठले समान १ ÷१ गोल गरे । इन्ट्रा पथरीका लागि अर्मान वेडमले सान्त्वना गोल गरे । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका स्टेफेन हुँदै नगद ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
बिहीबार हुने अन्तिम सेमिफाइनल खेलमा चर्च व्वाइज युनाईटेड फुटबल क्लब काठमाडौँ र नमोबुद्ध युथ फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ ।
पाँचथर क्लबको आयोजनामा चैत्र २ सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्