मजदुर र किसानसँगको सम्बन्ध सुधार गर्न शान्तिपूर्ण अभियान : अध्यक्ष प्रचण्ड
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मजदुर र किसानसँग कमजोर भएको सम्बन्ध सुधार गर्न शान्तिपूर्ण अभियान चलाइने बताउनुभएको छ ।

बुटवलमा मगर मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब विगतका गल्ती नदोहोर्याई मजदुर र किसानसँग सम्बन्ध सुधार्न शान्तिपूर्ण अभियान चलाइने जनाउनुभयो ।
उहाँले सरकारका गलत कामप्रति खबरदारी गरिरहने बताउनुभयो । अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको सक्रियताबाटै अहिलेका उपलब्धि हासिल भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्